आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार नाघ्यो


असार १३, काठमाडौं । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज भरतपुर अस्पतालमा १ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली गोदावरीका ५० वर्षीय पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ |

नेपालमा अहिलेसम्म २ हजार ८३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये १८ जना महिला र ११८ जना पुरुष छन्।

१३ असार २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको