यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

बैशाख १५, काठमाडौं । आगामी तीन दिन मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा हुने मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको महाशाखाले जनाएको छ ।

विभागका अनुसार सोमबारदेखि बुधवारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सभ्भावना रेहको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

बैशाख १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १६ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १७ गते (बुधबार)

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पश्चिमी भू-भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

१५ बैशाख २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको