बैशाख १५, काठमाडौं । नेपालीहरुको रोजगारीको गन्तव्य स्थान रहेको साउदी अरबमा बिस्वब्यापी कोरोना भाइरस तिब्र रुपमा बढे पछि त्यहा रहेका नेपालीहरु असुरक्षित महसुस गर्न थालेका छन । लक डाउन गरे पनि खाडी क्षेत्रकै उच्च रुपमा संक्रमित बढी रहेको छ ।
केही दिन देखि दिनहुँ एघार सय पचास जना भन्दा बढीका दरले साउदिमा कोरोनाको संक्रमन भै रहेको छ । आज शनिबारमात्र ११९७ जनालाइ संक्रमित भएको जानकारी गराइएको छ । हाल २०२०/०४/२५ अप्रिल सम्म जम्मा संक्रमित संख्या १६२९९ मध्य २२१५ जना निको भएर फर्केका छन भने १३९४८ जना उपचारार्थमा छन र १३६ जना मरेका छन ।
साथै जानकारी अनुसार साउदी नागरिक २४% र अन्य देशका नागरिकहरु ७६% संक्रमित छ्न यसहिसाबले साउदी नागरिक सुरक्षीत छन भन्ने बुझिन्छ । साउदी अरबमा लकडाउनले गर्दा धेरै कम्पनीहरु बन्द भएकाले त्यसको असर नेपालीहरुमा देखिन गएको छ । कामबिहिन बने संगै खान बस्न समस्या देखिन गएको छ अहिलेसम्म नेपालीहरु कोरोनाको संक्रमन देखि सुरक्षीत रहे पनि भोलि के हुने भन्ने बिषयमा त्रास छ ।
तथ्यांकले हाल सम्म ४ जना नेपाली संक्रमित मध्य ३ जना उपचार गरेर काममा फर्किसकेका र एकजनाको उपचार भै रहेको नेपाली दूतावासको बिज्ञप्तिद्वारा जानकारी गराइएको छ । नेपाल सरकार र सम्बन्धित देशमा रहेका कुटनैतिक नियोगहरुले समयमा संयमता नअपनाउने हो भने भोलि निकै ठूलो समस्या आउने देखिन्छ । नेपालीहरुको समस्या र गुनासो बढिरहेकोले प्रबासी नेपाली एकता मंच साउदीले अनलाइन बैठक बसि नेपाली दूतावास समक्ष नेपालीहरुको सहजता र आइपर्ने समस्याको लागि नेपाल सरकार सम्म पहल गरि दिन अनलाइन इमेल मार्फत ज्ञापन पत्र बुझाएको छ । साउदी अरबमा हाल तथ्यांक अनुसार ३ लाख ५० हजार भन्दा बढी रहेको भनिए पनि यहाँ धेरै संख्यामा इलेगल नेपालीहरु रहेको अनुमान छ ।
मंचद्वारा नेपाली दूतावास लाई बुझाएको ज्ञापन पत्र
महामहिम राजदुत ज्यु
नेपाली राजादुताबास
रियाध, साउदी अरब
बिषय: ज्ञापन-पत्र बारे
अत्याधुनिक प्रबिधि र भौतिक सम्पन्नताले सुसोभित मानव सभ्यतालाई चुनौति दिदै फैलिएको कोरोना भाईरसको प्रकोप बाट हामि रहेको देश साउदि अरेबिया पनि अछुतो रहेन जुनकुरा स्वयम दुतावसलेनै बिज्ञप्ती मार्फत सुचित गरिरहेकोछ । सिंगो साउदि अरबलाईनै चपेटामा पार्दा नेपाली समुदाय अछुतो रहन सक्ने अवस्थै रहेन । यो अवस्थामा प्रभावित नेपालिहरुलाई हरतरहले सहयोग पुर्याउनु हामि सबैको कर्तब्य हो । यसमा दुतावासले चाल्ने हरकदम हरुमा हाम्रो सस्था प्रवासि नेपालि एकता मन्चको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्दछौ ।
यो बिपदको घडिमा पिडितलाई न्युनतम आधारभुत आवस्यक्ता पुरा गर्नको निम्ति राजनैतिक तथा सामाजिक संघ संस्थाहरु र दुतावासको एकिक़ृत प्रयास अपरिहार्य भएको महसुस गर्दै नेपाल सरकारको स्थानिय प्रतिनिधि सस्था नेपालि राजदुतावास रियादलाई निम्न बुदागत कुराहरुमा ध्यानाकर्षण गराउन चाहान्छौ ।
१) वर्तमान महामारिका कारण नेपालि समुदायमा पनि समस्याहरु देखिन थालेको कुरा पिडित स्वयम दुताबासको ढोका सम्म आईपुगेको घटनाबाट दुतावास अवगतनै छ। दुतावासले पिडितलाई खाने बस्ने ब्यबस्था गर्न नसक्ने हुँदा दुतावासमा नआउन र कसैले नल्याउन आग्रह गरेको कुरा चर्चामा आएकोप्रति हाम्रो ध्यानाकर्षण भएकोछ ।
यहा सम्माननिय प्रधानमन्त्रीज्युको “सबै भन्दाठुलो नेपालिको जीवनको सुरक्षा हो सरकारले नेपालि जनतालाइ उपचारको अभाव र भोकले मर्न दिन्न भन्ने सिलकको बिदेशमा रहेका कुटनैतिक नियोगले पालना गर्ने कि नगर्ने प्रस्न चिन्न खडा भएको अवस्था छ। बिदेशमा समस्या परेका श्रमजीवी नेपाली हरुको अभिबाभक समेत रहनुभएको महामहिम ज्यु र नियोग मार्फत यि सुबिधाहरु उपलब्ध गराईनेछ” भन्ने भनाई स्मरण गराउदै बैकल्पिक सबै उपायहरु ( कम्पनि स्थानिय नेपाली समुदाय साउदि सरकार परोपकारि संस्थाहरु बाट) निस्कामभै खाने या बस्ने या दुबै समस्या भएका पिडित नेपाली हरुलाई तुरुन्तै न्युनतम ब्यबस्था गर्न अनुरोध गर्दछौ।
२) खान बस्न न्युनतम सुबिधा उपलब्ध गराऊन आईपर्ने आर्थिक दाईत्वकोलागि बिगतमा बिभिन्न सहयोग तथा ब्लड्मनिको लागि उठाईएको रकमहरु बिभिन्न सस्थाहरुमा मौजात रहेको दुतावासलाई अवगतनै छ । यो बिपतमा पनि त्यस्तो रकम नखर्चिनेहो भने त्यस्ता कोषहरुको औचित्य नहुने कुरामा हाम्रो सङ्गठन स्पस्ट छ तसर्थ यो काममा यस्ता कोषहरुको पुर्ण परिचालन गरियोस् ।
३) अहिले देखिनै हाम्रा सदस्य साथिहरु समक्ष तलब नदिएका खान नपाएका बस्न समेत नपाउने अवस्था आऊदै गरेका सुचनाहरु प्राप्त भैरहेकाछन । अझ कतिपय कम्पनिहरुमा बिरामिहरुलाई अस्पताल लान ढिलाई गरिएका समेत सुचना आए्को अवस्थामा भोलिको दिनमा अझ बढ्ने निस्चित छ । यस्तो अवस्थामा दुतावासले कम्पनि स्थानिय प्रसाशन मानव अधिकारबादि सस्था परोपकारि सस्था कस्लाई भन्दा हुन्छ। भनेर स्थानिय रुपमै समस्या समाधनको प्रयास गर्न जरुरि देखिन्छ। यसको लागि दुतावास लाई सक्रिय भुमिका निर्वाह गर्नको निम्ति हाम्रो सङ्गठन प्रवाशी नेपाली एकता मंच विशेष आग्रह गर्द्छ।
४ ) यो बिपद सँग जुझ्न सामुहिक प्रयासकोलागि हामि साउदि अरबमा क्रियासिल सबै संघ संगठनहरु सग हार्दिक आग्रह तथा अनुरोध गर्दछौ। यसको लागि पहलगर्न अनलाईन मिटिङ आवस्यक्ता औल्याउदै अन्लाईन ग्रुप बैठक आयोजना गर्नको लागी दुतावासको भुमिकाको अपेक्षा राख्दछौ ।
५) पछिल्लो समयमा साउदि सरकारले जान चाहाने र लान चाहाने मुलुकका बिदेशि नागरिकलाई एक्जिट रिईन्ट्री भिसाको ब्यबस्था गर्न निर्देशन दिएको र फिलिपिन्सले यसको उपयोग गरेको समाचार बाहिर आएको सन्दर्भमा हामि नेपाली हरुले यसको कसरि उपयोग गर्ने ? प्राथमिक्ता कस्लाईदिने नेपाल सरकारलाई कसरि सहभागि गराऊने ?भन्ने बिषयमा हामि दुतावासको स्पट धारणाको माग गर्दछौ ।अहिले सम्मपनि दूतावासले आफ्नो योजना यहाँ रहेका जिम्मेवार संघ संगठनका प्रतिनिधि सग कुनै छलफल नगरेको हुँदा औपचारिक छलफलको अपेक्षा गर्दछौ।
हाम्रा यि अति जरुरि आधारभुत कुरा हरुमा दुतावासको सक्रिय पहल कदमिहुने अपेक्षा राख्दै दुतावासको हरेक कदममा हाम्रो सङ्गठनको सक्रिय सहयोगको प्रतिवद्धता पुनह दोहोर्याउदछौ।
अन्त्यमा यो महामारिलाई पराजितगर्न नेपाली जनता नेपाल सरकार लगायत बिश्व मानव समुदायलाई छिटै सफलता प्राप्त हुने शुभेक्षा ब्यक्त गर्दछौ धन्यबाद ।
सचिब
राजु खनाल
अध्यक्ष
शिबराज जैसी
प्रबासी नेपाली एकता मंच साउदी
प्रतिक्रिया दिनुहोस