लकडाउनको बेला यात्रु ओसार्दै परिवर्तन गाउँपालिकाको सरकारी एम्बुलेन्स


चैत्र १४, रोल्पा । सरकारले आम नागरिकको स्वास्थ्य संवेदनशीलतालाइ मध्यनजर गर्दै पुरै देश लकडाउन गर्ने निर्णय गरेको छ ।

लकडाउनको बेलामा पनि सरकारले अत्यावस्यक काममा प्रयोग हुने सवारीसाधन चलाउन अनुमति दिएको छ। तर, रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा भने आपतकालीन अवस्थामा प्रयोग हुने एम्बुलेन्स नै दुरुपयोग गरेर यात्रु ओसारपसार गर्न थालेको पाइएको छ।

लकडाउनको बेला बिरामी बोकेर दाङ गएको एम्बुलेन्सले फर्कदा ८ जना यात्रु बोकेर आएको पाइएको छ। नुवागाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बसन्त डाँगीले जानकारी दिए अनुसार रा १ झ १७३ नम्बरको एम्बुलेन्स दाङको घोराहीबाट आउदै गर्दा ८ जना यात्रु बोकेर आएको हो।

एम्बुलेन्सले बिहिवार मात्रै बिरामी लगेर दाङ गएको थियो । एम्बुलेन्समा रहेका यात्रुलाई गएराती नै होटलमा बस्न लगाइएको र आज केहिबेर अघि छोडिएको प्रहरीले जनाएको छ । देश अहिले कोरोनाभाइरसको जोखिमबाट बच्न लकडाउन भएको अबस्थामा अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चल्न पाउदैनन ।

एम्बुलेन्सलाई अब यस्तो कार्य नगर्ने सर्तमा छोडिएको प्रहरीले जनाएको छ ।

२०७६ चैत्र १४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको