आधारभूत स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउन चिकित्सक संघको माग


चैत १४, काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेबमोजिमका आधारभूत स्वास्थ्य समाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघले सरकारसँग स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको व्यवस्था गर्न समेत माग गरेको छ ।

संघले आपतकालीन अवस्थामा आफ्नो ज्यानको बाजी लगाउँदै अहोरात्र खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरले सोखिनका रुपमा नभई आधारभूत सामाग्रीको माग गर्दा जिम्मेवार निकायबाट खिल्ली उडाउने काम भएको भन्दै दुःख समेत व्यक्त गरेको छ ।

विश्वको स्वास्थ्य क्षेत्र नै संकटमा परेको विद्यमान अवस्थामा नेपालका सरकारी, निजी वा मेडिकल कलेहरुले नियमित ओपिडी सेवालाई तत्काल बन्द गरी नेपाल सरकारको अनुरोध बमोजिम आकस्मिक सेवा तथा ज्वरो क्लिनिक सञ्चालन गर्दै यस जोखिमपूर्ण अवस्थामा कोरोना संक्रमणलाई फैलिनबाट रोक्न अपिल समेत गरिएको छ ।

हेर्नुस विज्ञप्ति 

२०७६ चैत्र १४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको