कर्मचारीहरूको ३ देखि ७ दिनको तलब कोरोनाविरुद्धको कोषमा


चैत १४, काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगार्थ निर्माण गरेको कोषमा कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब उपलब्ध गराउने भएका छन् ।

कर्मचारीहरूको ३ देखि ७ दिनको तलब राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातमा जम्मा गर्ने निर्णयमा मुख्यसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गरेको निर्णयमा उल्लेख छ ।

राजपत्रांकित विशिष्ठ र प्रथम श्रेणी (मुख्यसचिव, सचिव र सहसचिव)को हकमा शुरू तलबको ७ दिनको तलब, राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीको ५ दिनको तलब तथा राजपत्र अंकित र श्रेणीबिहीन कर्मचारी शुरू तलबको ३ दिनको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

कोषमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्नि सापकोटा, मन्त्रीहरू, सांसदहरू लगायतले रकम जम्मा गरिसकेका छन् ।

१४ चैत्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको