कमेडी च्याम्पियनका प्रतिस्पर्धी ‘खबपू’ गृहजिल्ला रोल्पा आउँदा जे देखियो… [फोटोफिचर]

फागुन १५, काठमाडौँ । नेपालको पहिलो रियालिटी सो कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल रोल्पाका खड्ग बहादुर पुन मगर ‘खबपू’ विहिबार गृहजिल्ला रोल्पा आएका छन् ।

कमेडी चेम्पियनको ग्राण्ड फिनालेमा प्रवेश गरेपछि भोट माग्न खबपू गृहजिल्ला रोल्पा आएका हुन् । भोट माग्न रोल्पा आएका खबपूलाई फुलमाला अबिरसहित भब्य स्वागत गरिएको थियो ।

खबपूले रोल्पाको माडी गाउँपालिका घर्तिगाउँमा चलिरहेको प्रथम गाउँपालिका अध्यक्ष रनिंग कप तथा शैक्षिक् मेलामा बिहिबार (आज) प्रस्तुति दिएका छन । कार्यक्रमबाट उनले सबैलाई भोट गरेर कमेडी चेम्पियन बनाउन अपिलसमेत गरेका छन् ।

कार्यक्रममा आएका सहभागीले खबपूसँग सेल्फी लिन तछाडमछाड गरेका थिए । कार्यक्रममा उनले प्रस्तुति दिईरहँदा हजारौ दर्शकहरुको हाँसोको फोहोरा छुटेको थियो भने तालीले भव्य स्वागत गरेका थिए ।

उनि घर्तिगाउँको कार्यक्रम सकेर आजै सदरमुकाम लिवाङ पुगेका छन् । शुक्रबार (भोलि) उनले रोल्पा नगरपालिका लिवाङ र सुनिलस्मृति गाउँपालिकका सुलिचौरमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुतिसंगै भोट अपिल गर्नेछन् ।

यसैगरी फागुन १७ गते रुकुमको सदरमुकाम खलङ्गामा र फागुन १९ गते आफ्नै गाउँ जेलवाङमा भोट माग्ने र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै फागुन २० गते रोल्पाकै सुनछहरी गाउँपालिकामा, फागुन २१ गते प्युठानमा र फागुन २२ गते बुटवलमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ । यस्तै फागुन २३ गते पाल्पामा, फागुन २४ गते पोखरामा र फागुन २५ गते काठमाडौँमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ ।

वाइल्ड कार्डबाट इन्ट्री गरेका अर्गानिक उपमा पाएका खवपु कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल भएका हुन् । उनले टप ४ बाट ग्राण्ड फिनालेमा प्रवेश गर्दा पनि सबैभन्दा धेरै भोट प्राप्त गरेका छन् ।

खवपुलाई भोट गर्न नेपालबाट Esewa को App Download गरेर भोट गर्न सकिन्छ भने विदेशबाट Comedy Chempion को App Download गरेर भोट गर्ने सकिने छ ।

 

तस्बिर: केबी गुरुङ, पोष्टपाटी, रोल्पा 

प्रतिक्रिया दिनुहोस