दाङमा राष्ट्रियताको पक्षमा पाँच दलले गरे प्रदर्शन


फागुन १५, दाङ । भ्रष्ट्राचार, सिमा अतिक्रमण र एमसिसि बिरुद्ध दाङमा पाँच दलले बिरोध सभा गरेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओबादी, नेकपा मसाल लगायतका दलहरुले बढ्दै गएको भ्रष्टाचार, नेपाली भुमि अतिक्रमण र एमसीसीको बिरोध गरेका छन् ।

दलहरुले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रियता र स्वाधिनताको पक्षमा सरकार गम्भिर हुन नसकेको बताएका छन् । सरकार भ्रष्टाचारमा लिफ्त भएको, राष्ट्रियताको पक्षमा गम्भिर हुन नसकेको, देशलाई नै धारापमा पार्ने एमसीसी सरकारले पारित गर्न खोजेको आरोप उनीहरुको छ ।

उनिहरुले लिम्पियाधुरा, लिपुलेख, भारतले अतिक्रमण गरेको भुमि फिर्ता गर्नुपर्ने बिषयमा सरकार गम्भिर हुनुपर्ने बताए । विरोध सभामा बक्ताहरुले एमसिसिको परियोजनाले संसारभरीका देशहरुबाट प्राकृतिक दोहोन गरि अमेरिका सम्पन्न भएको भन्दै नेपालको प्राकृतिक स्रोत साधन माथि दोहोन गर्न नदिने बताए ।

अमेरिकाले संसारका कुनै पनि देशलाई बाइबल बाहेक कुनै पनि वस्तु निशुल्क उपलब्ध नगराएको दाबी गर्दै नेपाललाई सैनिक अखडा बनाउन लागेको उनिहरुको आरोप छ । वक्ताहरुले एमसिसि परियोजना नेपाली जनताले कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताएका छन् ।

विरोध सभामा नेकपा मसालका दाङ जिल्ला प्रबक्ता भरत भण्डारी, नेकपा मालेका जिल्ला सचिब नेत्र प्रकाश पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चाका दाङ जिल्ला सचिब ईश्वरी गैरे, नेकपा क्रान्तिकारी माओबादी दाङ जिल्ला सदस्य पारस, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कमला जिसी लगाएतले भारतले सन् १९६२ देखि नेपालको कालापानी मिचेर आफ्नो नक्सामा नेपालको भुमि समेत राखेर नक्सा सार्वजनिक गरेको बताए ।

उनिहरुले अब नेपाली एकजुट भएर सिमा रक्षाका लागि अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सचिबालय सदस्य शुक्रराज भण्डारीले सञ्चालन गरेका थिए ।

२०७६ फाल्गुन १५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको