कोरोना भाइरसको संक्रमण रोक्न चीनले छुट्यायो साढे ८ अर्ब डलर


माघ १३, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न चीनले ८.७ अर्ब डलर बजेट छुट्याएको छ ।

चीनको वित्त मन्त्रालय र राष्ट्रिय स्वास्थ्य आयोगले ६०.३३ अर्ब युआन बजेट जम्मा गरेको हो ।

संक्रमण रोक्न तथा जनस्वास्थ्यका आधारभूत सेवा प्रवाह गर्न सो रकम खर्च हुने मन्त्रालयले सोमबार जनाएको छ ।

हाल करिब २७ सय जना यो भाइरसबाट संक्रमित भएका छन् भने ८० जनाको ज्यान गइसकेको छ । एजेन्सी

२०७६ माघ १३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको