गायिका आस्था राउत प्रहरी नियन्त्रणमा


माघ १३, काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् ।

उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए । आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन् । यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो । माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो ।

विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो । आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन् ।

त्यसको केहीबेरमा नै उनले माफी माग्दै भिडियो हटाएकि थिइन् । सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।

१३ माघ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको