पुस ११, रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ ।
रोल्पाको लिवाङ हुदै माडी गाउँपालिका ५ भावाङ सरुवा जादै गरेको लु १ ज १९६८ नम्वरको जिप शनिवार दिउँसो साढे ४ बजे घर्तिगाउँमा दुर्घटना नजिकै परेको हो ।
दुर्घटनामा परि २ जना गम्भिर घाइते भएका छन् भने ६ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।
गम्भिर घाइतेको रेउघामा उपचार भइरहेको छ । सामान्य घाइतेको घर्तिगाउँ स्वास्थ्य चौकिमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका व्यक्तिहरुको पहिचान अझै सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस