पुस ११, सल्यान । महिनादिनदेखि सल्यानकी एक महिला ३ वर्षीया छाेरी सहित सम्पर्कबिहिन भएकी छन् । सल्यानकाे सिद्द कुमाख गाउँपालिका वडा नम्बर २ पेदिखाेला निवासी २४ वर्षीया निर्मला चलाउने एक महिनाभन्दा लामाे समयदेखि सम्पर्कबिहिन भएकी हुन् ।
राेजगारकाे लागि श्रीमान भारतमा रहेकाे बेला उनि मंसिर ३ गतेदेखि सम्पर्क बिहिन भएकी हुन् । तिहारमा गाउँमै रहेकाे माइत गएकी उनि मंसिर ३ गतेकाे दिन छाेरी बिरामी छ भन्दै उपचारका लागि श्रीनगर गएकाे र त्यहिबाट सम्पर्क बिहिन भएकाे उनका श्रीमान अमर चलाउनेले बताए ।
भारतमा कमाएकाे ३ लाख ८० हजार रुपैयाँ श्रीमतीकाे नाममा पठाइदिएकाे र त्याे रकम लिएर उनि सम्पर्क बिहिन भएकाे अमरले बताए ।
सम्पर्कबिहिन भएका युवक सँग भागेकाे सुचना
श्रीमती सम्पर्कबिहिन भएकाे खबर पाएपछि उनि भारतबाट घर फर्किएका थिए । श्रीमती सम्पर्कबिहिन भएकाे केहि दिनपछि उनलाइ नेपालगन्जका एकजना युवाले फाेन गरेर ‘तपाइकाे श्रमती मैले लिएकाे छु, एकछिनमा फाेन गराइदिन्छु’ भनेका थिए । तर पछि ति युवाले माेबाइल अफ गरेर सम्पर्कबिहिन भए ।
यता निर्मलाका श्रीमान अमरले प्रहरीमा उजुरी दिएपछि प्रहरीसहित उनिहरु खाेजिकार्यकाे लागि नेपालगन्ज युवाकाे घर पुगे । पहिले देखि नै ति युवा घरबाट सम्पर्कबिहिन रहेछन् ।
ति युवकले फरक-फरक गाडीमा सहचालककाे काम गर्ने र पैसा भएकी केटीहरू भेटाए बिहे गर्छु भन्दै ल्याउने अनि पैसा खाँदै छाेड्ने गरेकाे ति युवककाे घरपरिवारले जनाएकाे छ । घरबाट पनि सम्पर्कबिहिन भएकाेले खाेजीकार्य गरेर कानुनअनुसार अघि बढ्न प्रहरीलाइ घरपरिवारले सुझाव दिएका थिए ।
तर ति युवासँग चलाउने गएकी हुन या हाेइनन् भन्नेबारे पुष्टि भएकाे छैन् । उनकाे खाेजिकार्यका लागि श्रीमान अमर चलाउनेले सबैलाइ आग्रह गरेका छन् । उनका ७ वर्षीय छाेरा भने
हाेस्टेलमा बस्छन् ।
प्रतिक्रिया दिनुहोस