महोत्तरीमा गो’ली चलाएकोबारे छानबिन गर्न समिति गठन


मङ्सिर ११, काठमाडौं । महोत्तरीको बर्दिबासमा बालिका ह’त्याको विरोधमा भएको प्रद’र्शनका क्रममा प्रहरीले गो’ली चलाएको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गो’ली लागेर तीन जना ग’म्भीर घा’इते भएका थिए । जसमध्ये बुद्धिराज न्यौपानेको मृ’त्यु भएको थियो ।

मन्त्रालयले गुलाब खातुन र न्यौपानेको परिरवारलाई राहत तथा क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च व्यहोर्ने प्रक्रिया अगाडि बढाइएको बताएको छ ।

मन्त्रालयले बालिका ह’त्याको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने र दो’षीलाई कारबाहीको दायरामा ल्याउने प्रतिव’द्धता समेत जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

११ मंसिर २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको