आँबुखैरेनीमा यात्रुबहाक बस दुर्घटना, १७ जना घाइते


मङ्सिर ११, काठमाडौं । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।

तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट तल खसेको जानकारी दिइन्। बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई पनि ठक्कर दिएको थियो। उनका अनुसार स्कुटरमा रहेका एक बच्चासहित तीन जना घाइते छन्।

बसमा १७ जना यात्रु मध्ये चालक र सहचालकसहित १४ जना घाइते भएका छन् भने स्कुटरमा रहेका तीन जना गरी कुल १७ जना घाइते भएको प्रहरीले जानेको छ । घाइतेहरूको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

केही घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । दुई जना घाइतेलाई चितवन मेडिकल कलेज र एक जनालाई पोखरास्थित अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

११ मंसिर २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको