थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो


असोज १०, काठमाडौँ । नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ८ जनाको मृत्यु भएको जानकारी गराएको हो । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा १ हजार २०७ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

आज १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् ।

१० आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको