उपत्यकामा थपिए ७२४ संक्रमित, देशभर कुन जिल्लामा कति थपिए ? [विवरणसहित]


असोज १०, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७२४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा ५८३, ललितपुर जिल्लामा ७८ र भक्तपुर जिल्लामा ६३ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १० हजार १९ जनाको आरटी–पीसीआर परीक्षण गर्दा १ हजार २०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

शनिवार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको प्रवक्ता गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८३३ र होम आइसोलेसनमा १० हजार ५०८ जना रहेका छन् ।

हाल क्वारेन्टीनमा ६ हजार ३३१ जना रहेका छन् । पछिल्लो पटक १ हजार १४७ जना डिस्चार्ज भएका छन् भने हालसम्म ५३ हजार १३ जना डिस्चार्ज भएका छन् । संक्रमणमुक्त दर ७३.८% रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

२०७७ आश्विन १०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको