असोज १०, काठमाडौं । शनिबार थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
कुल संक्रमितमध्ये निको हुनेको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।
त्यस्तै कोरना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म मृतक संख्या ४ सय ६७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस