दाङ भ्याली टोलको अध्यक्षमा कुन्ता आचार्य


असोज १०, दाङ । घोराही उपमहागरपालिका १५ भरतपुर स्थित दाङभ्याली टोल विकास संस्थाको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । तेस्रो साधारणसभाले कुन्ता आचार्यको अध्यक्षतामा ११ सदस्यीय टोल विकास संस्थाको कार्य समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा देबा जिसी, सचिबमा चेतनाथ धिताल, कोषाध्यक्षमा सरस्वती डाँगीलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा रेवता अधिकारी, सीता पोख्रेल, पार्वती केसी, बसन्ता घिमिरे आचार्य, रविकिरण गौतम र सुबास धिताल रहेका छन ।

संस्थाको सल्लाहकारमा जंगबहादुर जिसी, गणेश पौडेल, खडकबहादुर सिंह ठकुरी र बामदेव सुबेदीलाई चयन गरिएको गिरीराज आचार्यले जानकारी दिए । साधारणसभाको अबसरमा जेष्ठ नागरिक बामदेव सुबेदीलाई संस्थाले सम्मान गरेको छ ।

साथै साधारणसभाले टोलको चौतर्फि विकासका लागि नेतृत्व गर्ने, हराभरा, सुन्दर, सफा राख्ने, नाला र सडक बत्तीलाई चुस्त राख्ने काममा अग्रसर भएर लाग्ने निर्णय समेत गरेको छ ।

१० आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको