काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि


भदौ १०, काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै उपत्यकासहित देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ।

१० भाद्र २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको