भदौ १०, काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परि अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्।
वस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परि अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक जना बालिका गरि आठजनालाइ निशुल्क कक्षा १२ सम्म होस्टेलमा राखेर पढाउने प्रतिबद्धता जनाएका हुन्।
बस्नेतले यसअघि कोरोनाको कारण पहिलो मृत्यु हुने महिलाको एक जना बच्चालाइ पोषण स्वरुप १ लाख र १२ कक्षासम्म निशुल्क अध्ययन गर्ने गराउने बताएका थिए।
बुबा खड्गबहादुर बस्नेतको कोरोनाको कारण भएको मृत्युकार्य सकेको केही दिनमै उनले निशुल्क पठाउने प्रतिबद्धता जनाएका हुन्।
प्रतिक्रिया दिनुहोस