पूर्व डिआईजी रञ्जन कोइरालाको मुद्धा पुनरावलोकन हुने


साउन ११, काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्धा पुनरावलोकन हुने भएको छ । सर्वोच्च अदालतले विभिन्न कारण देखाँउदै कोइरालाको सजाय घटाउँने गरी फैसला गरेकोमा पुनरोवलोकन हुने भएको हो ।

आइतबार न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश सुनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

२०६८ सालमा उनले आफ्नै पत्नी गीता ढकालको हत्या गरेको आरोपमा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

११ श्रावण २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको