सल्यानको बागचौरमा आरडिटी पोजेटिभ देखिएका ब्यक्तिमा पिसिआर रिपोर्ट नेगेटिभ


जेठ १३, सल्यान । सल्यान जिल्लामा कोरोना भाइरस (कोभिड १९) को आरडिटी परीक्षणमा पोजेटिभ देखिएका एक व्यक्तिमा पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर १ का ५५ वर्षीय ती व्यक्तिमा कोभिड १९ को आरडिटी पोजेटिभ देखिन बित्तिकै पिसिआर परीक्षणको लागि स्वाब सुर्खेतमा रहेको प्रयोगशालामा पठाइएको थियो ।

आरडिटी शंकास्पद देखिएका व्यक्तिसँगै रहेका अन्य ५ जनाको पनि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर पठाईएको थियो । उनीहरू ६ जनाकै पिसिआर परीक्षण नेगेटिभ आएको बागचौर नगरपालिकाले जानकारी दिएको छ ।

यसअघि सल्यान जिल्लाकै शारदा नगरपालिकाका एक व्यक्तिमा कोभिड १९ को आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो तर पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएको थिएन ।
सल्यान जिल्लामा हालसम्म कोभिड १९ को संक्रमण देखिएको छैन

१३ जेष्ठ २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको