लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय


वैशाख १४, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको बताइएको छ ।

सरकारले यसअघि घोषणा गरेको लकडाउनको समयावधि १५ गते सोमबार मध्यरातिदेखि सकिँदै थियो ।

१४ बैशाख २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको