वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ


वैशाख १४, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ ।

र्‍यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् ।

उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना डिस्चार्ज भएका छन् ।

१४ बैशाख २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको