पूर्व आईजीपी खनाल लगायतविरद्ध प्रहरीले जाहेरी दर्ता गर्न मानेन


बैशाख १४, काठमाडौँ । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवसायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ ।

बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत गएर जाहेरी पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा अपहरित भनिएका सांसद सुरेन्द्र यादव सहित कानुन व्यवशायी दिनेश त्रिपाठी लगायतका पनि पुगेर कानुनी तर्क गरे पनि प्रहरीले दर्ता गर्न नमानेको समाजवादीका नेता राजेन्द्र महतोले बताए ।

यसै गरी कानुन व्यवशायी दिनेश त्रिपाठीले कानुनी दृष्टिकोणले उक्त मुदा लिनुपर्नेमा ठाडै अस्वीकार गर्नु गलत भएको सञ्चारकर्मीहरुलाई प्रतिकृया दिए । उनले राज्य संयन्त्रको दबाबका कारण प्रहरीले दर्ता गर्न नमानेको भन्दै अदालतमा जाने या अरु बिकल्प पनि रहेको बताए ।

यसैगरि मुद्दा दर्ता नभए पछि ट्वीट गर्दै डा. बाबुराम भट्टराईले ’यत्रो देशविदेश तरंगीत गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसरमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दनि लाग्दा दर्ता गन्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’ भनी ट्विट गरेका छन्।

वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ ।

समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् । भोलिपल्ट विहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगे । र, आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् ।

तर खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

१४ बैशाख २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको