दाङमा सडकका चार योजना निर्माण सुरु

फाइल तस्बीर

वैशाख १४, काठमाडौँ । सडक डिभिजन कार्यालय दाङ अन्तर्गत चारवटा योजना निर्माणको काम सुरु भएका छन् ।

कार्यालयका सूचना अधिकारी खुम भण्डारीका अनुसार सरकारले गरेको लकडाउनको समयमा रोकिएका सडकका योजनामध्ये अहिले चारवटा योजनाहरु सुरु भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम सुरु भएको छ । त्यस्तै घोराही–लमही सडक खण्डको शिस्ने खोल पुल निर्माण, घोराही–धारापानी सडक अन्तर्गत ववई नदीमा पुल निर्माण र घोराही उपमहानगरपालिका वडा नं. १७ ढिकपुरको बबई नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको उनले बताए ।‘लकडाउन सुरु भएपछि सडकका सवै योजना वन्द भएका थिए’ उनले भने ‘ अहिले चारवटा योजनाको काम सुरु भएका छन् ।’

योजना सुरु भएपनि अगाडि बढाउन निकै चुनौति रहेको उनले बताए । अहिले बजार नै बन्द हुँदा निर्माणकालागि आबश्यक पर्ने सामग्री नपाउनु, मजदुरको उपलब्धता नहुनुजस्ता कारणले काम प्रभाबकारी रुपमा अघि बढ्न सक्ने अबस्था भने नभएको उनको भनाई छ ।

लकडाउनका कारणले निर्माणमा आबश्यक सामग्री आपूर्तिमा समस्या छ, मजदुरहरु पनि आउन गाह्रो छ ” उनले भने “ यसले गर्दा लकडाउन अबधीभर काम सुरु गरेपनि प्रभाबकारी हुन भने सक्ने अबस्था छैन् ।” सानो कुराले पनि धेरै समस्या पार्ने भन्दै निर्माण कार्यकालागि बिशेष योजना बनाएर कामलाई अघि बढाउनु पर्ने उनको भनाई छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकाले पनि विकास निर्माणका काम अघि बढाउने थालेको छ । त्यसकालागि वडाका सबै कर्मचारीलाई अनिवार्य कार्यालय आउन निर्देशन दिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण कान्त उपाध्यायले बताए ।

साथै पूर्वाधार निर्माणका कार्य अघि बढाउनकालागि सबै उपभोक्ता समितिका अध्यक्षहरुलाई जानकारी गराईएको छ । सामाजिक दुरी कायम राखि विकास निर्माणका काम अघि बढाउन थालिएको हो ।

२०७७ बैशाख १४,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको