दाङमा कोरोना भाइरसबाट जोगिन स्थानीयले गरे बाटो बन्द


चैत १३, दाङ । कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै स्थानीयले सडक बन्द गराएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनारका स्थानीयले गाउँको मुख्य सडक नै बन्द गराएका हुन् । कोरोनाविरुद्ध सरकारले गरेको लक डाउनलाई साथ दिन तुलसीपुर–सुकौरा सडक खण्ड अन्तर्गतको बेलगनारमा बाटो बन्द गरिएको स्थानीय घनश्याम थारुले जानकारी दिए ।

लक डाउनको समयमा पनि उक्त सडकखण्ड भएर बालुवा गिट्टीको तस्करी हुने गरेको तथा मनपरी आवात जावतले कोरोनो संक्रमणको जोखिम बढेको हुँदा सडक खण्ड बन्द गर्ने निर्णय गरिएको थारुले बताए । उनले भने – ‘कतिपयले जति भन्दा पनि टेरेनन्, त्यसैले सडक नै बन्द गर्न बाध्य भयौं।’

सर्वसाधारणलाई गाउँका अगुवाले अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान आग्रह गरेका छन्। यसका साथै अगुवाहरुको भेलाले अत्यावश्यक काम नपरी आफुखुसी पैदल हिँड्नेलाई समेत जरिवाना गर्ने चेतावनी दिइएको छ।

स्थानीयको प्रयासलाई सार्थकता तुल्याउन तथा लक डाउनलाई प्रभावकारी बनाउन प्रहरी समेत गाउँ घरमा पुग्न थालेका छन्। प्रहरीले मानिसहरु जमघट हुने मिल, पसल अगाडि भेला भएर क्यारेम खेल्ने युवाहरुलाई घरमै बस्न सचेत गराउँदै आएको छ।

१३ चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको