कोरोना संक्रमित देशबाट दाङ आएकालाई खोजिने


चैत १३, दाङ । कोरोना संक्रमित देशबाट दाङ आएकाहरुकोे खोजी गरिने भएको छ ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागि दाङका स्थानीय तहका प्रमुखहरुसहितको बैठकले यस्तो निर्णय गरेको हो । दाङका दशवटै स्थानीय तहमा आएका त्यस्ता ब्यक्तिहरुको खोजी गरि आइसोलेसनमा राखिने भएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा बसेको बैठले उनीहरुको नाम, ठेगाना, कहाँबाट आएको , कहिले आएको, कुन साधन प्रयोग गरि आएको भन्ने एकीन सूचना संकलन गर्ने निर्णय गरिएको हो ।

साथै स्थानीय तहले लकडाउनका बिषयमा माइकिङ गर्ने, खाद्य अभाब हुन नदिने, लकडाउनको बेला जनतालाई असहज भएको अबस्थामा समन्वय गर्ने समेत निर्णय भएको छ ।

२०७६ चैत्र १३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको