‘भारतबाट आएका छोरालाई क्वारेन्टाईनमा राखेको भन्दै नरेन्द्रले श्वास्थ्यकर्मीलाई घाईते बनाए’


चैत्र १३, धनगढी । कोरोना विरद्ध खटिरहेका एक श्वास्थ्यकर्मीमाथि धनगढीमा एक सहकारीका व्यवस्थापकले औला टोक्नुका साथै चिरपटले हानेर घाईते पारेका छन् ।

वैतडीको पुरन चौँडी नगरपालिकामा भारतबाट फर्किएका सात जनालाई क्वारेन्टाईनमा राखिएको थियो । त्यही राखिएका सुनिल जागरीका बुवा नरेन्द्र जागरी सहितको टोलीले श्वास्थ्यकर्मीमाथि हमला गरेका थिए ।

नगरपालिकाले बनाएको क्वारेन्टाइनमा भारतबाट फर्केका ७ जनालाई राखिएको थियो । जागरीको आक्रमणबाट स्वास्थ्यकर्मी करनसिंह धामी घाईते भएका छन् ।
बुधबार भारतको बैंगलोरबाट फर्केका सुनील जागरीसहितका ७ जनालाई पुरचौंडी नगरपालिकाले वडा नम्बर ५ कुवाकोटको भुमीराज मावि काटैमा क्वारेन्टाइनमा राखेको थियो ।

भारतबाट आएका छोरालाई किन राखेको भन्दै स्थानीय सहकारीका प्रबन्धक समेत रहेका नरेन्द्रले क्वारेन्टाइनमै पसेर कुटपिट गरी औंला चपाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवरले बताए ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरिएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए ।

कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर उपचारका लागि स्वास्थ्यचौकीमा र्पुयाइएको छ । ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको नगरपालिकाले निन्दा गरेको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले आफ्नो ज्यानको बाजी लगाएर उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र औंला समेत चपाएर घाइते बनाउनेलाई कारबाहीको माग गरेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्बीराज अवस्थी र स्वास्थ्य महाशाखाका प्रमुख विनोद कुवरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा कोरोना भाइरसको संक्रमणका खतरा बढी रहेका बेला, स्वास्थ्यकर्मीको मनोबल घटने गरी गरिएको घटना निन्दनीय भएको बताएका छन् ।
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सरकारले दिने बिद्युत छुटले भाडामा बस्नेलाई राहत मिल्नेमा शंका

चैत १३, काठमाडौँ | सरकारले घरायसी ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ । तर यो निर्णयले सहरका अधिकांश घरभाडामा बस्नेलाई भने राहत दिंदैन ।

१५० यूनिटसम्म विद्युत खपत् गर्दा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन प्राधिकरणलाई मन्त्रालयको निर्देशन दिएको छ । तर सरकारलाई हेक्का हुनु पर्छ कि सहरमा एकै घरमा १० परिवार वा सो भन्दा बढीसम्म पनि बस्ने गर्छन् । मानौं ४ तल्लाको घर छ, एकै घरमा ४ परिवार बस्छ भने इन्डक्सन चुल्होको भरमा खाना पकाउदा महिनामा एकै परिवारले ५० भन्दा बढी युनिट बिद्युत खपत गर्छ । यसको मतलब ४ परिवारले २०० युनिट भन्दा बढी बिद्युत खपत गर्छ । जसलाई सरकारको अहिलेको २० प्रतिशत छुटको स्किमले समेट्दैन ।

त्यसमा पनि अधिकांश घरबेटीले कति बिद्युत उठ्यो भन्ने कुरा भाडामा बस्नेलाई भन्दैनन् । कतिपय भाडामा बास्नेले प्रति युनिटकै १५ रुपयाँसम्मले बिजुलीको बील तिर्नुपर्ने बाध्यता छ ।

कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण खाना पकाउने ग्याँस अभाव हुने सम्भावित अवस्थालाई मध्यनगर गर्दै यस्तो व्यवस्था मिलाउन नेपाल विद्युत्प्राधिकरणलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत मन्त्रालयले जनाएको छ ।

कोरोनो संक्रमण रोक्न सरकारले साताव्यापी लकडाउन घोषणा गरेसँगै विद्युत् खपत्मा भारी गिरावट आएको छ। लकडाउनका कारण उद्योग, कलखारना, व्यवसाय बन्द भएसँगै विद्युत् खपतमा कमी आएको हो।

यसअघि बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।

२०७६ चैत्र १३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको