महावीर पुनले पीपीई बनाउन मेडिकल काउन्सीलबाट स्वीकृति पाए

फाइल तस्बीर

चैत १३, काठमाडौं । कोरोना आशंकित बिरामीसँग स्वास्थ्यकर्मीले संसर्ग गर्दा अत्यावश्यक हुने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) नेपालमै उत्पादन गर्न सुरु भएको छ ।

अन्वेषक महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पीपीई उत्पादन गर्न सरकारले स्वीकृति दिएको हो । सुरुमा ५ सय थान पीपीईका लागि दुईवटा गार्मेन्टलाई अर्डर दिइएको पुनले बताए । चप्पल कारखाना र पेप्सीकोलामा रहेका ती गार्मेन्टले दुई–तीन दिनमा तयार गरिसक्ने बताएका छन् ।

पुनले बुधबार एउटा नमूना बनाएर मेडिकल काउन्सीलमा पेश गरेका थिए । त्यसलाई जाँचिसकेपछि काउन्सिलले उत्पादनका लागि स्वीकृति दिएको हो ।

एक साताअघि पोखरा पुगेका पुनलाई सम्पर्कक गरेर केही अस्पतालले पीपीई अभाव भएको भन्दै यसको उत्पादनका लागि आग्रह गरेका थिए । त्यसपछि पुनले यसका काठमाडौं फर्केर तत्काल सक्रियता देखाएका हुन् । उनले बजारमा पीपीईका लागि आवश्यक सामग्रीहरुको खोजी गरे । थोरै संख्यामा मात्रै पाउन सके ।

अहिले केन्द्रलाई देशभरीबाटै पीपीईका लागि माग आइरहेको छ । ४–५ हजार भए पनि नपुग्ने स्थिति रहेको उनी बताउँछन् । यसलाई कसरी वितरण गर्ने भन्ने निधो भएको छैन ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको बिगबिगीसँगै धेरै देशहरुमा पीपीईको माग ह्वात्तै बढेको छ । विकसित देशहरुमा समेत अहिले पीपीईको अभाव सिर्जना भएको समाचारहरु आइरहेका छन् ।

नेपालका धेरै अस्पतालमा पीपीई नहुँदा स्वास्थ्यकर्मीहरुले असुरक्षितरुपमा काम गर्नुपरेको छ ।

१३ चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको