सल्यानमा निर्माणाधीन अलपत्र पुलमा बाइक दुर्घटना हुँदा एकजनाकाे मृत्यु


फागुन १४, सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

मोख्लाबाट श्रीनगरतर्फ आउदै गरेकाे रा ३ प ८८८८ नम्बरकाे मोटरसाइकल दुर्घटना हुँदा सिद्दकुमाख गाउँपालिका -१ निवासी २९ वर्षीय रमेश बुढाथोकीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

माेटरसाइकल पटारे बजारमा बुधबार बिहान दुर्घटना भएकाे हाे । बाइक सडकबाट करिब ६ मिटर तल पटारे खोलामा खसेको छ । बाइक के कारणले दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख इन्सपेक्टर उमाकान्त जोशीले जानकारी दिए ।

बाइक दुर्घटना भएकाे याे ठाउँमा पुल बन्दै गरेकाे खाेला छ । पुल बनाउनकाे लागि यहाँ सडककाे ढिक खनेर सडकलाइ समेत जाेखिम बनाइएकाे थियाे ।

दुइवर्षअघि नै पुल बनाउनकाे लागि सडककाे ढिक खनेर केहि काम गरेपनि अहिले याे पुल अलपत्र अवस्थामा छ । बुधबार भएकाे बाइक दुर्घटना पनि त्यहि सडककाे ढिकबाट तल पुल बनाउदै गरेकाे जगमा खसेकाे हाे ।

२०७६ फाल्गुन १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको