पत्रकार जितेन्द्र महर्जन पक्राउ

पक्राउ परेका जितेन्द्र महर्जन

फागुन १४, काठमाडौँ । पत्रकार जितेन्द्र महर्जन फेरी पक्राउ परेका छन् ।

नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपाका प्रधान सम्पादक तथा रेडियो मिर्मिरेका कार्यक्रम सन्चालक महर्जनलाई मंगलवार प्रहरीले गिरफ्तार गरेको हो ।

उनलाई किर्तिपुरको नयाँवजारमा रहेको सिसापसलबाट मंगलवार अपरान्ह गिरफ्तार गरेको पारिवारीक श्रोतले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

उनलाई किन र के कारणले गिरफ्तार गर्यो भन्नेबारे जानकारी हुन नसकेको पारिवारीक श्रोतले जनाएको छ । यसअघि चैतमा पनि उनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघल, जनपत्रकार संगठन नेपाल लगायतका सन्चारसम्बद्ध बिभिन्न संघसंगठनको दबाबपछि उनलाई रिहा गरिएको थियो । उनी जनपत्रकार संगठन काठमाडौंका संयोजक समेत हुन् ।

२०७६ फाल्गुन १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको