बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपाको निर्णय

फाइल तस्बिर

फागुन १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।

यसअघि गौतमले प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन हुने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।

२०७६ फाल्गुन १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको