घरघरमा पुगेर नेकपाले सल्यानमा बलिदान दिवस मनायो


फागुन १४, सल्यान । सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका विभिन्न स्थानमा बलिदान दिवसको अवसर पारेर सहिद परिवारलाई सम्मान कार्यक्रम गरेको जनाएको छ ।

जिल्ला पार्टीको कार्यक्रम अनुसार छत्रेश्वरी गाउँपालिकाको झिम्पेमा सहिद परिवारलाई सम्मान गर्दै इन्चार्ज लोकपालले सहिदको सपना पुरा गर्ने अभियानमा आफुहरु निरन्तर लागि रहेको बताए ।

प्रचण्ड–बाबुरामहरु क्रान्ति छोडेर भागेर सहिदका सपनामा घात गरेको बताउदै उनले आफनो पार्टी निरन्तर क्रान्तिमा रहेको बताए । उनले भने, ‘आज दलाल सत्ताले क्रान्तिकारी शक्तिमाथी प्रतिवन्धरुपी दमन थोपारेकोले सम्पुर्ण सहिद परिवार र आम क्रान्तिकारी जनताले त्यसको प्रतिरोध गर्नु पर्ने भएको छ ।’

केपी सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेर काण्डै का’ण्डले बदनाम हुदै गएको भन्दै इन्चार्ज लोकपालले ओली सरकारबाट जनताले आशा गर्नु पर्ने अवस्था नरहेको बताए । कार्यक्रममा झिम्पेका सहीद परिवारलाई दोसल्ला र अबिरको टिका लगाएर सम्मान गरिएको थियो । छत्रेश्वरी एरिया सेक्रेटरी बिनोदको सभाअध्यक्षतामा भएको कार्यक्रमको संचालन एरीया इन्चार्ज टोप बहादुर केसीले गरेका थिए ।

यसैबीच विप्लव नेतृत्वको नेकपाले बागचौरमा पनि सहिद परिवारलाई सम्मान गरेको छ । तत्कालिन माओवादी जनयुद्वको समय २०५४ फागुन १४ गते हेमराज केसी, खिमराज डिसी र धनबहादुर थापालाई गोली हानी ह’त्या गरेपछि यहाँ बागचौरमा प्रत्येक फागुन १४ गते बलिदान दिवस मनाइने गरिन्छ ।

यसैक्रममा नेकपाका सल्यान जिल्ला सेक्रेटरी तुफानले सहिद परिवारको घरमा पुगेर सम्मान गरेको जनाएका छन् ।

२०७६ फाल्गुन १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको