अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने


माघ १२, काठमाडौं । सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएको छ ।

सापकोटाको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा राखिएको थियो। तर, फुँयालले सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको न्यायाधीश नियुक्त हुनु अघि नै कानुन व्यवसायीका रूपमा बहस गरेका उनले हेर्न नमिल्ने भएको हो ।

फुँयालले मुद्दा हेर्न नमिल्ने भएपछि यसको सुनुवाई मिति समेत सरेको छ । सर्वोच्च अदालतका अनुसार अब प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले तोकेपछि मात्रै सुनुवाईको मिति तय हुनेछ ।

आजको लागि तोकेको सुनुवाई सरेपछि उपयुक्त समयमा सुनुवाई गर्न छुट्टै न्यायाधीश पनि तोकिने छ । सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ ।

२०६२ साल बैशाख १६ गते काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णयविरुद्ध त्रिपाठीले मुद्दा दायर गरेका हुन् ।

१२ माघ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको