पुस १०, काठमाडौं । आज क्रिसमस । इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व हो ।
विश्वभरका इसाइ धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमस आज धुमधामका साथ मनाउँदै छन् । येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ ।
कोरोनाका कारण क्रिसमसमा सामाजिक दूरी कायम गरेर मनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गर्ने गरिन्छ ।
क्रिसमसका अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस