पुस १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लामा बलियो देखिएका छन् ।
जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी र पार्टी कमिटीमा ओली समुह बलियो देखिएको हो । १७७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट १०६ जना र पूर्व माओवादीबाट ७१ जना रहेका छन् ।
पूर्व माओवादीबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य पनि ओलीले नेतृत्व गरेको पार्टीमा रहन सक्ने बुझिएको छ । पूर्व एमाले पक्षधर ६० प्रतिशत रहेको झापामा ओली पक्षीय समग्र कमिटीमा बहुमत देखिएका हुन् । जिल्ला अध्यक्ष चिन्तन पाठक केन्द्रीय सदस्य भएका छन् । यस्तै पूर्व सांसद तथा कार्यालय सदस्य प्रेम गिरी केन्द्रीय सदस्य भइसकेका छन् । कार्यालय सदस्य राजेन्द्र दाहाल अहिले ओली कित्तामा लागेका छन् । पूर्व माओवादीबाट सचिव रहेका मणि लिम्बू बादल समुहमा छन् । उनले धार स्पष्ट पारेका छैनन् । कार्यालय सदस्य चन्द्रा श्रेष्ठ, मोहन टुडु, अरुण श्रेष्ठ भने प्रचण्ड नेपाल लाइनमा छन् । कार्यालय सचिव शिवकुमार ढुगेँल ओली समुहमा खुलेर देखिएका छन् ।
यस्तै, झापामा स्थानीय तहका प्रमुख र उपप्रमुखहरुमा ओली पक्षको बहुमत स्पष्ट देखिएको छ । जिल्लामा १५ पालिकाका ३० प्रमुखरउपप्रमुखहरुमा १५ जना ओली पक्षधर छन् । कांग्रेसका ७, राप्रपा ४ का र प्रचण्ड–नेपाल समूहका ३ जना रहेका छन् । झापामा ओली पक्षका प्रमुख/उपप्रमुखहरुमा मीना पोखरेल उप्रेती , ध्रुव शिवाकोटी, मिरा भूर्तेल,कमला आचार्य,राजेन्द्र पोखरेल, मञ्जु प्रसाई, चन्द्र शेर्मा, मेनुका काफ्ले, बेनु शिवाकोटी, रोमनाथ ओली, गिता अधिकारी, गिता भेट्वाल ,कुन्ती बुढाथोकी , जीवन श्रेष्ठ र डम्बर गिरी रहेका छन् । प्रचण्ड–नेपाल समूहबाट प्रमुख र उपप्रमुखमा हरि राना, चन्द्रा श्रेष्ठ, भोजकुमारी नेपाल रहेका छन् ।
बिर्तामोडकी उपप्रमुख पवित्रा महतरा तटस्थ रहेकी छन् । पूर्व माओवादीले झापामा प्रमुख र उपप्रमुखमा एक सिट पनि जितेको छैन । जितेका ३ तीनै जना मावध नेपाल पक्षधर हुन् । यस्तै झापाबाट निर्वाचित सांसद ओली र अर्का सांसद एलपी साँबा ओली समुहमा छन् । झापा १ बाट निर्वाचित राम कार्की र झापा २ बाट निर्वाचित सांसद पवित्रा निरौला खरेल प्रचण्ड नेपाल समुहमा छिन् ।
-राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस