चौरसिया ह’त्या प्रकरणबारे प्रचण्डले निकाले विज्ञप्ति


कात्तिक ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको ह’त्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

उनले आइतबार विज्ञप्ति निकालेर दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका मुकेशको भोलिपल्ट मृ’त्यु भएको छ ।

यसअघि नेकपाको पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवले विज्ञप्ति निकालेर चौरसियालाई शहीद घोषणा गर्न र ह’त्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए । प्रचण्डले आफू नेकपाको केन्द्रीय कार्यकारी अध्यक्षको हैसियतमा जिल्ला कमिटीको वक्तव्यलाई समर्थन गर्ने बताएका छन् ।

ह’त्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन् । ‘ह’त्या जस्तो जघन्य अप’राध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले भनेका छन् ।

हेर्नुस विज्ञप्ति

२०७७ कार्तिक ९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको