अभियन्ता कार्कीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्चको आदेश


कात्तिक ९, काठमाडौँ । सामाजिक अभियन्ता एवं राष्ट्रिय जागरण मञ्चका सचिव नरबहादुर कार्कीकाे रिहाइका लागि आइतबार सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएकाे छ ।

उक्त रिटमाथि सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन बिपक्षीका नाममा आदेश जारी गरेकाे छ ।

‘पक्राउ गर्नुकाे कारण स्पष्ट खुलाई २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ दिएर सर्वाेच्च अदालतमा उपस्थित हुन आदेश जारी गरिएकाे छ,’ आदेशमा भनिएकाे छ। पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले रिट दायर गरेका हुन्।

गत कात्तिक ६ गते २१ राजनीतिक संगठनद्वारा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले कार्कीलाई गिरफ्तार गरेको थियाे।

२०७७ कार्तिक ९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको