काठमाडौं उपत्यकामा थपिए १५ सय ३५ जना कोरोना संक्रमित


कात्तिक ९, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ६२९ महिला र ९०६ पुरुष गरी जम्मा १५ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १५ सय ३५ जनासहित २८ सय ५६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

४५ हजार ५७२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४५ हजार ५७२ जना छन् भने क्वारेन्टाइनमा ३हजार ६४ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८४७ जनाको मृत्यु भएको छ। आइतबार ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

२०७७ कार्तिक ९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको