देशभर थपिए २ हजार ८५६ कोरोना संक्रमित

फाइल तस्बिर

कात्तिक ९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।

९ कार्तिक २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको