दाङमा बस र ट्रक ठोक्किए

सांकेतिक तस्बिर

असोज ९, दाङ । तुलसीपुरको सल्यान रोड स्थित खानेपानी नजिकै बस र ट्रक एक आपसमा ठोक्किदा २ जना घाईते भएका छन् ।

घाईते हुनेमा बस चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निबासी चित्र बहादुर श्रेष्ठ र सल्यानको सारदा नगरपालिका–७ स्यालापानी निबासी बसमा सवार यात्रु २१ बर्षका राजीव हमाल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

चालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने यात्रु राजीव उपचारपछि डिस्चार्ज भएको प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

रुकुमबाट काठमान्डौका लागि छुटेको सिस्ने हिमालको ना ७ ख २६५३ नम्बरको बसलाई तुलसीपुरबाट रुकुमका लागि छुटेको ना५ख ९४९४ नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएको हो । गाईलाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना गएराति साढे ११ बजे भएको थियो ।

९ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको