काठमाडौं उपत्यकामा एकैदिन थपिए २ सय ३२ कोरोना संक्रमित


भदौ ९, काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाभित्र २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार थपिएका संक्रमितहरू काठमाडौंका एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना छन् ।

उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो । सोमबार मात्रै काठमाडौं उपत्यकामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकको थियो ।

९ भाद्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको