कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

फाइल तस्बिर

भदौ ९, काठमाडौँ । महोत्तरीमा कोरोनाभाइरस संक्रमण भएका थप २ जनाको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पोजेटिभ रहको २ जनाको मृत्यु भएको हो ।

मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

क्यान्सर रोगी उनमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि जलेश्वरस्थित आइसोलेशनमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै अर्का मृतक बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ६६ वर्षीय पुरुष रहेका छन् । उनको ढाडमा लामो समयदेखि समस्या थियो ।

यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।

९ भाद्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको