देशभर ८ सय ५५ जनालाई कोरोना संक्रमण पुष्टि


भदौ ९, काठमाडौं । मंगलबार देशभर कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८ सय ५५ जना संक्रमित थपिएका हुन्। यी सहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । यीसहित हालसम्म १९ हजार १ सय १९ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ ।

९ भाद्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको