दाङमा जोरविजोर लागु हुने, मास्क नलगाउनेलाई जरीवाना गर्ने निर्णय

फाइल तस्बिर

भदौ ९, दाङ । कोरोना संक्रमण बढ्न थालेपछि दाङमा सवारी साधन सञ्चालनमा जोरविजोर लागु गरिने भएको छ ।

मंगलबार घोराहीमा बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ ११ गतेदेखि जिल्लामा सञ्चालन हुने सवारी साधनमा जोरविजोर लागु गर्ने निर्णय भएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

भदौ १० गते सवैलाई जानकारी गराउने र भदौ ११ गतेदेखि जोरविजोर लागु गरिने प्रजिअ रिजालले जानकारी दिए ।

यसैगरी स्वास्थ्य सतर्कतामा पनि कडाइ गरिने भएको हो । समितिले हिडडुल गर्दा मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारवाही गर्ने भएको छ । अहिलेसम्म सम्झाउने र सचेत गराउने काम गरिएको थियो तर ११ गतेदेखि मास्क नलगाइ हिड्नेलाई एक सय रुपैया जरिवाना गरिनेछ ।

यसैगरी समितिले यसअघि हरेक दिन साँझ ७ वजेदेखि विहान ५ वजेसम्म गरिएको निषेधाज्ञा अर्को सूचना नआउदासम्म निरन्तरता दिने निर्णय भएको प्रजिअ रिजालले जानकारी दिए ।

यसैगरी बैंकलगायतका क्षेत्रमा भिडभाड देखिएको र उनीहरुसंग तत्काल छलफल गरेर निर्णय लिइने समितिले जनाएको छ ।

९ भाद्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको