चलचित्र पत्रककार संघ दाङद्वारा विश्व कीर्तिमानधारी संगीतकार सन्तोष श्रेष्ठ सम्मानित


साउन १०, दाङ | चलचित्र पत्रककार संघ नेपाल दाङ शाखाले विश्व कीर्तिमानधारी संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ । विश्वका बाह्रवटा भाषामा संगीत भरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल श्रेष्ठलाई एक कार्यत्रमको आयोजना गरी सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति सामुदायिक रेडियो प्रशारक संघ अकोरावका उपाअध्यक्ष अर्जुन गिरिले चलचित्र पत्रकार संघ दाङ शाखाले यसरी सृजनसिल व्यक्तिको पहिचान र सम्मान स्वरुप गर्ने यी कार्यक्रम निकै सराहनीय रहेको बताए । विशिष्ट अथिति समेत रहेका कीर्तिमानधारी संगीतकार सन्तोष श्रेष्ठले यसरी सम्मान हुदाँ खुसि भएको भन्दै पत्रकार संघ दाङ शाखालाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्ने अधिकांस अथितिहरुले संगीत प्राणी जगतको सर्वोत्तम कला भएको बताएका छन् । संगीतमा मात्रै हृदय स्पर्शीताको क्षमता हुने हुनाले नै आनन्द आउने उनीहरुको भनाइ थियो। दुःख, सुख, हाँसो, आँसु सवै किसिमको संवेग तथा परिस्थीतिमा त्यसैमा मेल खाने संगितको झन्कार मनमा गुन्जन भईरहने हुनाले नै संगीतको महत्व हुने र संगीतलाई भावना, मन भित्रको लय र माधुर्यता मानिएको कार्यक्रममा सहभागि सर्जकहरुले बताए ।

कार्यक्रममा विभिन्न सर्जक, संगितकार, पत्रकार लगायतको सहभागिता रहेको थियो । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपाध्यक्ष सन्तोष केसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पूर्ण केसिले गरेका थिए ।

२०७७ श्रावण १०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको