यस्तो छ गंगादेव गाउँपालिकाको बजेट पेश कार्यक्रम [फोटो फिचर]


असार ११, रोल्पा । गंगादेव गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार आठौ गाउँ सभाद्वारा प्रस्तुत आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजानिकरण एबं बजेट पेश कार्यक्रममा ३५ करोड ८३ लाख १५ हजार ९ सय ४० बजेट बिनियोजन भएको छ ।

कुल विनियोजनमध्ये चालूतर्फ रु. ३० करोड ६० लाख ५० हजार (८५.४१ प्रतिशत) र पूँजीगततर्फ रु. ५ करोड २२ लाख ६५ हजार ९ सय पचास (१८.५८ प्रतिशत) रहेको छ ।

पूँजीगत बजेटबाट कृषिमा ९० लाख, शिक्षामा ३० लाख, स्वास्थ्य (कोभिड–१९ रोकथाममा ३२ लाख) पूर्वाधार विकास ३ करोड, महिला विकासमा १५ लाख, सञ्चार तथा सूचना प्रविधि तर्फ १२ लाख, खेलकुद तर्फ २२ लाख र पशुसेवा तर्फ २० लाख बजेट प्रस्ताव गरिएको छ ।

गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले गाउँपालिकाको नीति, कार्यक्रम प्रस्तुत गरेका थिए भने सभाअध्यक्षको रुलिङमा गाउँपालिका उपाध्यक्ष रिता घर्तीले आर्थिक बर्ष २०७७/०७८ बजेट प्रस्तुत गरेकी हुन् ।

आर्थिक बर्ष २०७७/०७८ शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता दिएको छ । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई आउदो असार १४ गते अन्तिम रुप दिइने गाउँसभाका अध्यक्ष खत्रीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा भएको गाउँसभामा जिल्ला समन्वय समिति रोल्पाका सदस्य लोक मान वलीको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँसभामा गाउपालिका उपाध्यक्ष रिता घर्ती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, जेष्ठ नागरिक बुद्धिजीवी सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियोे ।

संम्बृद्ध, सुखी र सामाजिक न्याय स्थापित समाजको परिकल्पना, आफ्नो फरक पहिचान सहितको गंगादेव गाउँपालिकाको सपना’ मुलनारा बोकेको प्रथम पञ्चबर्षीय आवधिक गाउँबिकास योजना (आ.व. २०७६/७७ – २०८०/८१) को किताव अध्यक्ष खत्रीले गाउँसभामा उपस्थित सबैलाई वितरण गरेका थिए ।

गंगादेव गाउँपालिकाको नीति तथा कार्यक्रम सानडाँडामा रहेको सभाहलमा सार्बजानिक भएको थियो ।

 

२०७७ असार ११,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको