यस्तो छ आजको सुन-चाँदीको बजारभाउ


असार ११, काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ |

सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च हो |

बिहीबार चाँदी भने तोलामा १० घटेको छ । बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

२०७७ असार ११,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको