नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २५ पुग्यो


असार ११, काठमाडौं | नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ |

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आसियुमा उपचारत एक संक्रमितको बुधबार राति मृत्यु भएको हो | असार ८ गते अस्पताल भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको बुधबार राति ११:३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह. प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए |

यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २५ पुगेको छ | यस विषयमा स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ | नेपालमा कोरोना संक्रमितहरुको संख्या ११ हजार नजिक पुगेको छ | स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्रै ६२९ जना संक्रमित थपिएका थिए |

११ असार २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको